दफा
कम्पनी संगठित संस्था हुने
: (१) यस ऐन बमोजिम संस्थापित कम्पनी अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(२) कम्पनीले यस ऐनको अधीनमा रही व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, राख्न,
बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।                                                           (३) कम्पनीले आफ्नो नामबाट नालिस उजूर गर्न र कम्पनी उपर पनि सोही नामबाट
नालिस उजूर लाग्न सक्नेछ ।
(४) कम्पनीले व्यक्तिसरह करार गर्न र करार बमोजिमको अधिकार प्रयोग गर्न तथा
दायित्व निर्वाह गर्न सक्नेछ ।